काठमाडौं- म्याग्दीको बेनी अस्पतालले मेडिकल अधिकृतदेखि कार्यालय सहयोगीदेखि सम्म माग गरेको छ।
अस्पतालले मेडिकल अधिकृत २, स्टाफ नर्स पाँचौ ६, ल्याब टेक्निसियन १, एनेस्थेसिया सहायक १, अहेब २, अनमी २, ल्याब असिस्टेन्स १ र कार्यालय सहयोगी ४ जना माग गरेको छ।
आवेदन दिन चाहनेहरु मेडिकल काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ भने लोकसेवा आयोगले तोकेको योग्यता पुगेको हुनुपर्ने छ।
मेडिकल अधिकृतको लागि ५००, कार्यालय सहयोगीको लागि २०० र अन्य पदको लाग ४०० आवेदन शुल्क तोकिएको छ।