काठमाडौं– काठमडौं उपत्यकामा अहिले हैजा फैलिएको देखिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म काठमाडौं उपत्यकामा १४ जनामा हैजा पुष्टि भइसकेको छ।
वर्षातको समयसँगै धेरै ठाउँहरुमा डुवान, बाढी तथा पहिरोले गर्दा पानीको स्रोतहरु दुषित हुन्छन्।
दुषित पानीका कारण हैजा, झाडापखाल, टाइफाइड, हेपाटाइटिस 'ए', हेपाटाइटिस 'ई' लगायतका सरुवा रोगको संक्रमण बढ्न सक्छ।
हैजा कस्तो खालको रोग हो? अहिले काठमाडौं उपत्यकामा देखिएको हैजाको संक्रमण फैलिएको हो? वर्षातको समयमा लाग्नसक्ने पानीजन्य रोगहरु केके हुन्? यसबाट बच्न कसरी सावधानी अपनाउने लगायतका विषयमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनसँग कुराकानी गरेका छौं।
प्रस्तुत छ डा पुनसँगको भिडियो वार्ता