काठमाडौं– मंकीपक्स भाइरस देखिएका देशबाट नेपाल आउनेहरुलाई आइसोलेसनमा राख्नुपर्ने सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले बताए।
स्वास्थ्यखबरसँगको कुराकानीमा डा पुनले अफ्रिका लगायतका केही देशमा मंकीपक्स भाइरस फैलिएकाले ती देशहरुबाट आउने नेपालीलाई आइसोलेसनमा राख्नुपर्ने बताएका हुन्।
डा पुनले मंकीपक्स भाइरसको संक्रमण भएका व्यक्तिको कपडा लगायत व्यक्तिगत सामग्रीबाट पनि अर्को व्यक्तिमा यो रोग सर्न सक्ने भएकाले मंकीपक्स भाइरस संक्रमितको सम्पर्कमा रहेका तथा संक्रमण देखिएका देशबाट आएका नेपालीले २१ दिन आइसोलेसनमा बस्न आवश्यक रहेको बताए।
बाँदरबाट मानिसमा सरेर मानिस मानिसमा सर्ने यो रोगले विश्वमा फेरि त्रास फैलाइरहेको डा पुन बताउँछन्। उनका अनुसार यो भाइरसको संक्रमण कोभिडको लहर जस्तै देखिए पनि कोभिड जस्तो अधिक खतरनाक भने छैन।
नयाँ भाइरस भएकाले यसको विषयमा वैज्ञानिकहरुले अनुसन्धान गरिरहेको उनले बताए।
मंकीपक्स भाइरसबाट आत्तिनुपर्ने अवस्था नरहेपनि सावधानी भने अपनाउनुपर्ने डा पुनको भनाइ छ।
मंकीपक्स नेपालमा रहेका बाँदरहरुबाट सर्न सक्छ? मंकीपक्स भाइरस कस्तो प्रकारको भाइरस हो? यो नेपालमा भित्रिने वा फैलिने जोखिम कस्तो छ? मंकीपक्सको कारण, लक्षण तथा उपचारबारे हामीले डा पुनसँग कुराकानी गरेका छौं।
प्रस्तुत छ डा पुनसँग गरिएको भिडियो कुराकानीः