काठमाडौं- नेपाल मेडिकल काउन्सिलले आगामी माघ १४ र १५ गते विशेषज्ञ चिकित्सकका लागि लाइसेन्स परीक्षा लिने भएको छ।
काउन्सिलले परीक्षामा सहभागी हुने इच्छुक परीक्षार्थीले आगामी आइतबार देखि एक महिनासम्म अनलाइन फारम खुल्ने र सो फारम भर्न सूचना जारी गरेको छ।
‘आगामी २६ मंसिर देखि २६ पुससम्म नियमित रुपमा फारम भर्न सकिन्छ। २७ र २८ पुसमा विलम्ब शुल्क तिरेर फारम भर्न सकिने काउन्सिलले जनाएकाे छ।
परीक्षा इन्जिनियरिङ अध्यय्न संस्थान पुल्चोकमा कम्प्युटर विधिबाट हुने बताइएको छ।