काठमाडौं- पिसिएल नर्सिङ कलेजका विषयमा चिकित्सा शिक्षा आयोग र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी) बीच विवाद देखिएको छ। सिटिइभटीले पिसिएल नर्सिङ अध्यापन गराउने ४५ वटा कलेजमा सिट सहित भर्ना खुलाएको थियो। तर आयोगले उक्त ४५ वटा कलेजमध्ये १६ वटा कलेजमा ऐन विपरित भर्ना खुलाएको भन्दै भर्ना रद्द गर्न र ती १६ कलेजमा पिसिएल नर्सिङ कार्यक्रम सञ्चालन नगर्न निर्णय गरेपछि विवाद उत्पन्न भएको हो।
चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले आयोगकै निर्णय र ऐन अनुसार नै नर्सिङमा भर्ना प्रक्रिया अगाडि बढाउनु पर्ने बताएका छन्। चिकित्सा शिक्षाका कार्यक्रमहरु चलाउने कलेजले आयोगकै ऐन र कानुन अनुसार नै चल्नु पर्ने भएकाले सिटिइभिटीले कानुन विपरित काम गर्न नपाउने भन्दै उनले सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारीको बर्खास्तीको माग नै गरिसकेका छन्।
चिकित्सा शिक्षा ऐनमा नै सिटिइभिटीका विषय समेत समावेश भएकाले आयोगको निर्णय नै सिटिइभिटीले मान्नुपर्नेमा विज्ञहरु समेत सहमत छन्। ऐनको परिभाषादेखि दफाहरुमा सिटिइभिटी र यसका कार्यक्रमका विषयमा उल्लेख भएकाले सिटिइभिटीले आयोको निर्णयलाई मान्दिन भन्न नपाउने आयोगका सदस्यहरु बताउँछन्।
आयोगको निर्णयपछि अब सिटिइभिटी अन्तर्गत पिसिएल नर्सिङ पढाउन २९ वटा कलेजले मात्र अनुमति पाउने देखिएको छ।
यी हुन् भर्ना अनुमति पाएका २९ कलेजहरु
– शैलजा आचार्य मेमोलियल पोलिटेक्निक इन्ष्टिच्यूट, जहदा, मोरङ
– आम्दा इन्स्टिच्यूट अफ हेल्थ साइन्स, झापा
– लाइफ लाईन हस्पिटल, झापा
– न्युरो अस्पताल विराटनगर, मोरङ
– विराट हेल्थ कलेज, मोरङ
– सन्त अल्पमाई राम नारायण यादव पोलिटेक्निक इन्स्टिच्यूट, सर्लाही
– गौर नर्सिङ कलेज, गौर, रौतहट
– छिन्नमस्ता एजुकेशन एकेडेमी, सप्तरी
– युनिक कलेज अफ मेडिकल साइन्स एण्ड हस्पिटल, सप्तरी
– मेडिकल इन्स्टिच्यूट, सिराहा
– नेशनल ह्युमन रिसोर्स डेभलपमेण्ट एकेडेमी, धनुषा
– रामजानकी हेल्थ फाउण्डेशन, धनुषा
– जनकपुर नर्सिङ क्याम्पस, धनुषा
– स्टार एकेडेमी, ललितपुर
– ग्रीनतारा कलेज अफ हेल्थ साइन्स एण्ड टेक्नोलोजी, ललितपुर
– श्रद्धा इन्स्टच्यूट अफ हेल्थ साइन्स, भक्तपुर
– इवामुरा कलेज अफ हेल्थ साइन्स, सल्लाघारी, भक्तपुर
– हस्पिटल फर एड्भान्स मेडिसिन एण्ड सर्जरी, काठमाडौं
– सुष्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पस, काठमाडौं
– शहिद स्मारक जनस्वास्थ्य कलेज, काठमाडौं
– महेन्द्र नारायण निधी मेमोरियल हेल्थ इन्स्टिच्यूट, काठमाडौं
– शंकरापुर एकेडेमी, जोरपाटी, काठमाडौं
– भरतपुर हस्पिटल, चितवन
– च्छोरोल्पा जनरल अस्पताल प्राली, चरिकोट, दोलखा
– चरक इन्स्टिच्यूट अफ हेल्थ साइन्स, पोखरा, कास्की
– कालिका मेडिकल एण्ड टेक्निकल इन्स्टिच्यूट, गैंडाकोट, नवलपरासी
– तानसेन स्कूल अफ हेल्थ साइन्स तानसेन, पाल्पा
– राप्ती लाइफ केयर हस्पिटल प्राली, तुलसीपुर, दाङ
– वेष्टर्न हस्पिटल एण्ड रिसर्च सेन्टर, नेपालगञ्ज, बाँके
यी हुन् भर्नामा रोक लगाउने निर्णय भएका कलेज
ओम हेल्थ क्याम्पस, काठमाडौं
नोबल मेडिकल कलेज, विराटनगर
नेसनल मेडिकल कलेज, वीरगञ्ज
कलेज अफ मेडिकल साइन्सेज, चितवन
एनपिआइ नारायणी सामुदायिक अस्पताल, चितवन
काठमाडौं मोडल अस्पताल स्कुल अफ नर्सिङ, काठमाडौं
नागरिक कलेज अफ हेल्थ साइन्स, काठमाडौं
नेपाल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं
मनमोहन मेमोरियल इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं
नेप्लिज आर्मी इन्स्टिच्युट अफ हेल्थ साइन्सेज, काठमाडौं
अल्का अस्पताल, ललितपुर
बिएन्डबी मेडिकल इन्स्टिच्युट, ललितपुर
मणिपाल कलेज अफ मेडिकल साइन्सेज, पोखरा
नेपालगञ्ज नर्सिङ क्याम्पस, बाँके
लुम्बिनी मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल, पाल्पा
देवदह मेडिकल कलेज एन्ड रिसर्च इन्स्टिच्युट, रुपन्देही
यो पनि:
सिटिइभिटीका उपाध्यक्षलाई बर्खास्त गर्न डा गोविन्द केसीको माग
१६ नर्सिङ कलेजका विषयमा आयोग र सिटिइभिटीबीच विवाद, के भन्छन् पदाधिकारी?
सिटिइभिटीकै कारण नर्सिङ शिक्षामा समस्या: कर्णाली र सुदूरपश्चिममा शून्य, बागमतीमा २१ कलेज!