काठमाडौं– प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम परिषद् (सिटीइभिटी)ले आफ्नै सय शय्याको अस्पताल भएका नर्सिङ क्याम्पसका लागि भर्ना प्रक्रिया सुरु गर्ने भएको छ।
सिटीइभिटी अन्तर्गतका अन्य विषयको भर्ना प्रक्रिया यसअघि नै अगाडि बढेको भए पनि नर्सिङको भने अझै हुन सकेको छैन। परिषदका अध्यक्ष समेत रहेका शिक्षामन्त्री देवेन्द्र पौडेलको अध्यक्षतामा बसेको परिषद् बैठकले मापदण्ड पूरा गरेका कलेजलाई मात्र भर्ना खुला गर्ने निर्णय गरेपछि परिषदले भर्ना प्रक्रिया अगाडि बढाउन लागेको हो।
सिटीइभिटीका सूचना अधिकारी अनिलमुनी बज्राचार्यले १०० शय्या भएका नर्सिङ क्याम्पसका लागि पिसिएल नर्सिङ अध्यननका लागि भर्ना खुलाउने तयारी गरेको जानकारी दिए।
बज्राचार्यका अनुसार सय शय्याका आफ्नै अस्पताल भएका नर्सिङ क्याम्पसको संख्या २४ रहेको छ।
‘एकदुई दिनमा नै भर्ना खोल्नलाई तयारी हुँदैछ,’ उनले भने, ‘१०० बेडको अस्पताल भएका नर्सिङ क्याम्पसले मात्र भर्ना लिन पाउँछन्, यस्तो क्याम्पस २४ वटा मात्र छन्।’
पठनपाठनका लागि अनुमति पाउने २४ वटा कलेजमध्ये १७ वटा निजी कलेज हुन् भने ७ वटा सिटीइभिटीका आंगिक कलेज हुन्। सिटीइभिटीका आंगिक क्याम्पसले एक सय शय्याका प्रादेशिक अस्पतालको समन्वयमा पठनपाठन गराउन पाउने भएका हुन्।
चिकित्सा शिक्षा ऐनको दफा १२ मा नर्सिङ कलेज सञ्चालनका लागि अनिवार्य रुपमा एक सय शय्याको अस्पताल हुने व्यवस्था छ। सोही व्यवस्था अनुसार सरकारले मापदण्ड पूरा गरेका र आफ्नै अस्पताल भएका कलेजले मात्र पठनपाठन गर्न पाउने गरी भर्ना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।
पिसिएल नर्सिङ पढाउने ९० भन्दा बढी कलेजको आफ्नै अस्पताल छैनन्। ती कलेजले अब भर्ना लिन नपाउने भएका छन्। ऐनविपरित ती कलेजलाई पनि भर्ना खुलाउने खेल सुरु भएको थियो। तर त्यसको चौतर्फी विरोध भएपछि सरकारले कानुन अनुसार नै अगाडि बढ्ने निर्णय गरेको शिक्षा मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
नेपाल नर्सिङ काउन्सिलले स्वास्थ्यखबरलाई उपलब्ध गराएको विवरण अनुसार देशभर सञ्चालित एएनएम, पिसिएलदेखि मास्टर्ससम्मका १८९ वटा नर्सिङ कलेजमध्ये ९८ वटा कलेजको आफ्नो अस्पताल छैन। यी कलेजहरुले नै पटक पटक सरकारको निर्णय अटेर गर्दै आएका हुन्।
यी हुन् आफ्नै अस्पताल नभएका कलेज
१.एड्भान्स स्टडिज अफ हेल्थ साइन्स, रुपन्देही
२.अग्रीमा एकेडमी प्रा. लि लहान, सिराहा
३.एसियन कलेज फर एड्भान्स स्टडिज, ललितपुर
४.बाग्लुङ टेक्निकल इन्स्टिच्यूट, बाग्लुङ
५. बालकुमारी कलेज, चितवन
६. भक्तपुर टेक्निकल ट्रेनिङ सेन्टर, भक्तपुर
७. भेरी कलेज अफ मेडिकल साइन्स, बाँके
८.भेरी नर्सिङ कलेज, बाँके
९.विराटनगर नर्सिङ क्याम्पस, मोरङ (सरकारी)
१०.बोस्टन एकेडमी फर मेडिकल साइन्स, चितवन
११.सेन्टर फर इन्टिग्रेटेड कम्युनिटी डेभलपमेन्ट, कैलाली
१२.चक्रवर्ति हबि एजुकेशन एकेडेमी, भक्तपुर
१३.छिन्नमस्ता एजुकेशन एकेडेमी, सप्तरी
१४.चितवन एकेडेमी फर टेक्निकल एजुकेशन, चितवन
१५.दीपज्योती नर्सिङ क्याम्पस, दाङ
१६.देउराली जनता प्राविधिक शिक्षालय, रुपन्देही
१७.धौलागिरी प्राविधिक शिक्षा प्रतिष्ठान, कास्की
१८. डिभाइन इन्स्टिच्यूट अफ हेल्थ ट्रेनिङ एण्ड रिसर्च सेन्टर, पर्सा
१९. दोलखा मल्टी सेक्टर ट्रेनिङ इन्स्च्यिूट, दोलखा
२०. एभरग्रिन टेक्निकल इन्स्च्यिूट अफ हेल्थ साइन्स, पर्सा
२१.फारवेष्ट टेक्निकल कलेज, कैलाली
२२. गण्डकी टेक्निकल ट्रेनिङ सेन्टर, कास्की
२३.ग्रीन तारा कलेज अफ हेल्थ साइन्स, ललितपुर
२४.गुणराज पाठक मेमोरियल नर्सिङ क्याम्पस, काठमाडौं
२६. हिमालयन मेडिकल एजुकेशन सोसाइटी नर्सिङ क्याम्पस, ललितपुर
२७. हिमालय प्यारामेडिकल इन्स्टिच्यूट, ओखलढुङगा
२८. होली भिजन नर्सिङ क्याम्पस, काठमाडौं
२९. होप इन्टरनेशनल कलेज, ललितपुर
३०. ह्युमन रिर्साेस डेभलपमेन्ट एण्ड रिसर्च इन्स्टिच्यूट, काठमाडौं
३१. इनोभेटिभ कलेज अफ हेल्थ साइन्स प्रालि, काठमाडौं
३२. इनोभेटिभ डेभलपमेन्ट एजुकेशन एकेडेमी, कास्की
३३. इन्स्टिच्यूट अफ कम्यूनिटि हेल्थ, कञ्चनपुर
३४. इन्स्टिच्युट अफ हेल्थ रिसर्च डेभलपमेन्ट, जनकपुर धनुषा
३५. इन्स्टिच्यूट अफ मेडिकल टेक्नोलोजी, चितवन
३६. इटहरी हेल्थ कलेज, सुनसरी
३७. जनकपुर नर्सिङ क्याम्पस, धनुषा
३८. कञ्चनजंघा इन्स्टिच्यूट अफ हेल्थ साइन्स, झापा
३९.कपिलवस्तु टेक्निकल इन्स्टिच्यूट, कपिलवस्तु
४०.काठमाडौं इन्स्टिच्यूट अफ टेक्निकल साइन्सेस, ललितपुर
४१.काभ्रे हेल्थ ट्रेनिङ इन्स्टिच्यूट, काभ्रेपलाञ्चोक
४२. खोपः पोलिक्लिीक इन्स्टिच्यूट, भक्तपुर
४३.कोशी हेल्थ एण्ड साइन्स क्याम्पस, मोरङ
४४. काठमाडौं नर्सिङ क्याम्पस, बसुन्धारा काठमाडौं
४५.कृष्ण मेडिकल एन्ड टेक्निकल रिसर्च सेन्टर, धनुषा
४६.कुमारी कम्युनिटी एएनएम ट्रेनिङ सेन्टर, परासी
४७.लहान सगरमाथा एजुकेशनल एकेडेमी, सिराहा
४८. ललित पोलिक्लिनिक ट्रेनिङ इन्स्टिच्यूट ललितपुर
४९. लुम्बिनी इन्स्टिच्यूट अफ टेक्निकल साइन्स, रुपन्देही
५०. मदन भण्डारी मेमोरियल एकेडेमी, मोरङ
५१. मध्यपश्चिम प्राविधिक शिक्षालय, बाँके
५२. मैयाँदेवी गल्स कलेज, चितवन
५३. मकवानपुर टेक्निकल इन्स्टिच्युट, सुनसरी
५४. मकालु टेक्निकल कलेज, सुनसरी (सरकारी, इनरुवा अस्पताल)
५५. मायादेवी टेक्निकल कलेज, रुपन्देही (सरकारी, लुम्बिनी अस्पताल)
५६. मेची टेक्निकल ट्रेनिङ एकेडेमी, झापा
५७. मोर्डन इन्स्टिच्यूट अफ हेल्थ साइन्स, उदयपुर
५८. नारायणी मेडिकल एण्ड टेक्नोलोजी नर्सिङ कलेज, मकवानपुर
५९. नेसनल ह्युमन रिसोर्स डेभलप्मेन्ट एकेडेमी प्राली
६०. नेसनल हेल्थ फाउन्डेशन, काभे्र
६१.नेपाल कलेज अफ नर्सिङ एन्ड हेल्थ साइन्स प्राली, धनुषा
६२. नेपाल इन्स्टिच्यूट अफ मेडिकल साइन्स एण्ड टेक्नोलोजी, काठमाडौं
६३. नेपाल टेक्निकल इन्स्टिच्यूट, धनुषा
६४. नाइटिंगेल नर्सिङ क्याम्पस, काठमाडौँ
६५.नोभेल एकेडेमी प्रालि, कास्की
६६. ओम समाज शैक्षिक प्रतिष्ठान प्राली, कलंकी काठमाडौं
६७. पि.यू कलेज अफ मेडिकल एलाइड साइन्सेज, मोरङ
६८.पाल्पा टेक्निकल इन्स्टिच्युट, पाल्पा
६९. पिपुल्स् मल्टिपल हेल्थ इन्स्टिच्यूट, सुनसरी
७०. पोखरा टेक्निकल हेल्थ मल्टिपल इन्स्टिच्यूट, कास्की
७१. पब्लिक टेक्निकल इन्स्टिच्यूट, सिराहा
७२. राजदेवी टेक्निकल इन्स्टिच्यूट, सप्तरी
७३ राप्ती लाइफ केयर अस्पताल प्राली, दाङ
७४. सगरमाथा टेक्निकल इन्स्टिच्यूट, मोरङ
७५. शैलजा आचार्य मेमोरियल पोलिटेक्नीक, मोरङ
७६. शैलेश्वरी फारवेष्ट स्कुल अफ हेल्थ साइन्स अफ टेक्नोलोजी, कैलाली
७७.सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज, रुपन्देही
७८. स्कुल अफ हेल्थ एण्ड एलाइड साइन्सेज पोखरा युनिर्र्भसिटी, कास्की
७९. सेती महाकाली नर्सिङ क्याम्पस, कञ्चनपुर
८० .शारदा इन्स्टिच्यूट अफ टेक्नोलोजी, धनुषा
८१. श्रद्धा इन्स्टिच्यूट अफ हेल्थ साइन्स, भक्तपुर
८२. श्री फुल्चोकी नर्सिङ क्याम्पस, काभ्रेपलाञ्चोक
८३. सिद्धार्थ इन्स्टिच्यूट अफ मेडिकल टेक्नोलोजी, पाल्पा
८४.सिद्धार्थ मेडिकल इन्स्टिच्युट, रुपन्देही
८५. सिन्हा हेल्थ फाउन्डेशन, धनुषा
८६.एसएसपी मेडिटेक नर्सिङ कलेज, रुपन्देही
८७. सुनसरी टेक्निकल स्कुल, सुनसरी
८८. सुर्खेत एजुकेशन डेभलपमेन्ट एकेडेमी, सुर्खेत
८९. सुष्मा कोइराला मेमेरियल सिएमए÷एएनएम क्याम्पस, बाँके
९०.तम्घास टेक्नीकल इन्स्टिच्युट, गुल्मी
९१. तानसेन स्कुल अफ हेल्थ साइन्स, पाल्पा
९२.टेक्नीकल ट्रेनिङ सेन्टर, सिन्धुली
९३.द हिमाल इन्स्टिच्यूट अफ हेल्थ एण्ड टेक्निकल साइन्स, पर्सा
९४. टिकापुर नर्सिङ क्याम्पस, कैलाली
९५. त्रिशुली मेडिकल इन्स्टिच्यूट, नुवाकोट
९६. उदयपुर टेक्नीकल ट्रेनिङ स्कुल, सप्तरी
९७. युनिक कलेज अफ मेडिकल साइन्स एन्ड हस्पिटल, रुपन्देही
९८. यति हेल्थ साइन्स एकेडेमी, काठमाडौं
९९.गौर नर्सिङ इन्स्टिच्युट, रौतहट