काठमाडौं– ४० वर्षदेखि स्वास्थ्य सेवामा लागेका डा सुर्य नारायण साह उमेरले ६० वर्ष पुगिसके। करिब २० वर्ष झापाको लाइफलाइन अस्पतालमा काम गरेका डा साह सो अस्पतालको निर्देशक समेत भएर काम गरे। उनले गत असोजमा अस्पतालबाट अवकाश लिने सोच बनाएर राजिनामा दिए। तर चिकित्सा क्षेत्रमा अझै सक्रिय हुने इच्छा र आफूसँग समय पनि भएपछि डा साहले नेपाल मेडिकल काउन्सिलको आगामी निर्वाचनमा सदस्य पदमा उम्मेदवारी दिएका छन्।
काउन्सिलको आगामी निर्वाचनमा उम्मेदवारी दिएका डा साह आफूले निर्वाचनमा विजयी भए पर्याप्त समय दिएर काउन्सिलको कार्यमा सरिक हुने योजनामा छन्।
उनले २०३५ सालमा हेल्थ असिस्टेन्ट कोर्ष अध्ययन सुरु गरे। हेल्थ असिस्टेन्ट कोर्ष पछि तत्कालिन सोभियत संघ (हाल युक्रेन) मा एमबिबिएस अध्ययन गरेका हुन् भने चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) बाट एमडी गरेका हुन्।
काउन्सिलको निर्वाचनमा डा साहको उम्मेदवारी किन? डा साहको भनाइ उनकै शब्दमाः
म उमेरले ६० काटेँ। दसैं अघिसम्म झापाको दमकमा रहेको लाइफलाइन अस्पतालको मेडिकल डाइरेक्टरको जिम्मेवारीमा थिएँ। अहिले मैले राजिनामा दिएँ। अब ६० पुगेपछि अवकाश लिनुपर्छ भन्ने सोचले अस्पतालबाट राजिनामा दिएको हुँ। अबको मेरो समय काउन्सिललाई दिन्छु भन्ने सोच बनाएर काउन्सिलको आगामी निर्वाचनमा सदस्य पदमा उम्मेदवारी दिएको छु।
काउन्सिल मार्फत मेडिकल क्षेत्रका व्यक्तिहरुका लागि केही गर्न सकिन्छ कि भन्ने सोच हो। चिकित्सा क्षेत्रमा डाक्टरहरुले जुन असहजता भोगिरहेका छन्, त्यसलाई कसरी सहज बनाउने भन्ने मेरो योजना छ।
मेरो बुझाइमा समय लगानी गर्यो भने कुनैपनि काममा सफलता पाउन सहज हुन्छ। तर एकठाउँमा जागिर छ काउन्सिलको मुद्दा पनि हुन्छ। उसले समय नै दिएन भने केही गर्न सक्दैन। त्यसले गर्दा काउन्सिलले जति समय माग्छ मेरो वा काउन्सिलको मुद्दामा मेरो कति समय आवश्यक पर्छ, ती मुद्दाहरु लिएर जहाँ जानुपर्छ त्यहाँ जान मलाई सजिलो हुन्छ। किनकी म अब अन्य ठाउँमा काम गर्ने सोचमा छैन।
त्यहि हुनाले समय सापेक्ष रुपमा अस्थिर सरकार, नियम कानुन अनुसार देखिएका समस्या समाधान गर्न समय भएमा सजिलो हुन्छ। म काउन्सिलाई समय दिन्छु र चिकित्सकका समस्याहरु समाधान गर्न कटिबद्ध हुन्छु। त्यही अनुसार योजनाहरु बनाउछु।
योजना त सबैले बनाउछन्। प्रतिवद्धता पनि सबैले जनाउछन्। ‘प्रमिस’ गर्नु ठूलो कुरा होइन, त्यसलाई व्यवहारमा लागू गर्न सकिन्छ वा सकिँदैन भन्ने विषय ठूलो कुरा हो। पहिला पहिला उम्मेदवारी दिनुभएका चिकित्सकहरु भोट माग्न आउथें हामीले सोध्ने गथ्र्यौं–काउन्सिललाई कसरी समय दिनुहुन्छ? भनेर।
उहाँहरुले मिटिङमा पालो मिलाएर जाने भन्ने जवाफ आउथ्यो। यसको अर्थ सदस्य बन्नका लागि मात्र उम्मेदवारी दिनेहरु पनि हुन्थ्ये। त्यसले गर्दा मेरो मुख्य प्रतिवद्धता नै म काउन्सिललाई पर्याप्त समय दिन्छु, त्यही अनुसार काउन्सिलका काम कार्य गर्छु।
यो पनि:
काउन्सिल निर्वाचनः डा भुसाल भन्छन्–बिरामीको उपचार छाडेर चुनावी प्रचारमा लागेको छैन
काउन्सिल निर्वाचनः डा रिता भन्छिन्– मेडिकल काउन्सिल चिकित्सकको घर हो, घर जस्तै वातावरण बनाउँछु
काउन्सिल निर्वाचनः डा लवको लबिइङ चिकित्सकलाई तालिम र स्वास्थ्य सेवाको गुणस्तरमा
काउन्सिल निर्वाचनः डा विनाको जोड मेडिकल शिक्षाको गुणस्तर बढाउन
काउन्सिल निर्वाचन : सदस्यका उम्मेदवार डा सन्दिपको जोड काउन्सिलको न्यायिक कार्यमा
काउन्सिल निर्वाचनः डा निर्मलप्रसाद साहलाई प्रश्न–तपाईंको उम्मेदवारी किन?