काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चीन सरकारको अध्ययन कार्यक्रम अन्र्तगत छात्रवृत्ति अध्ययनमा जाने कर्मचारीको मनोनय गरी पठाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गरेको छ।
चीन सरकारले स्नातकोत्तरमा पब्लिक हेल्थ, प्रोग्राम अफ एडभान्स नर्सिङ प्राक्टिस एन्ड मेडिकल टेक्नोलोजि इन डिभलोपिङ कन्ट्रीज विषयमा दुई वर्षे कार्यक्रमका लागि स्वास्थ्य मन्त्रालयले उपयुक्त कर्मचारी मनोनयन गरी पठाउनुपर्नेछ।
सामान्य प्रशासन मन्त्रालयले असोज ६ गते पठाएको पत्र अनुसार चीन सरकारले छात्रवृत्ति कार्यक्रममा तहाँ मन्त्रालय/ निकाय वा अन्र्तगतमा कार्यरत निजामती कर्मचारी मनोनय गर्ने गरी निजामती सेवा ऐन, २०४९ (सशोधन सहित) को दफा ४० ख(३) बमोजिम गठित समितिको आगामी बैठकबाट गर्ने गरी उपयुक्त उम्मेद्वार मनोनय गरी मनोनित कर्मचारीको नाम, सम्पर्क नम्बर, इमेल ठेगाना अर्थ मन्त्रालयको अन्र्तराष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखामा पठाउन भनिएको छ।
साथै मनोनयन गरिएको कर्मचारीको संकेत नम्बर समेत उल्लेख गरी सोको जानकारी सामान्य प्रशासन मन्त्रालयमा समेत अनिवार्य पठाउन पनि सूचित गरिएको छ।
चीन स्वास्थ्य लगायतका अन्य विभिन्न ३८ कार्यक्रमका लागि छात्रृवृत्ति उपलब्ध गराउने छ।
पत्र हेर्न यहाँ क्लिक गरौं [पत्र]