काठमाडौं- मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा अस्पतालले कन्सल्ट्यान्ट सर्जनसहित विभिन्न ६ पदमा कर्माचारी माग गरेको छ।
प्रतिष्ठानले सूचना जारी गर्दै नवौ तहमाका लागि कन्सल्ट्यान्ट सर्जन एक जना, कन्सल्ट्यान्ट साइक्याट्रिस्ट एक जना, कन्सल्ट्यान्ट एनेस्थोसियोलोजिष्ट एक जना, कन्सल्ट्यान्ट रेडियोलोजिष्ट एक जना र पाँचौ तहमा स्टाफ नर्स एक जना र फार्मेसी सुपरभाइजर एक जना कर्मचारीका लागि आवेदन खुला गरेको छ।
उल्लेखित पदमा योग्यता पुगेका ईच्छुक व्यक्तिले असोज १३ गतेसम्म आवेदन दिन सक्ने प्रतिष्ठानले जनाएको छ।