काठमाडौं- सहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा रजिष्ट्रार नेफ्रोलोजी आठौं तह सहित विभिन्न पाँच पदका लागि करार सेवामा चिकित्सक माग गरिएको छ।
केन्द्रले आज सूचना प्रकाशित गर्दै रजिष्ट्रार नेफ्रोलोजी आठौं तहमा २ जना, रजिष्ट्रार इन्ट्रनल मेडिसिन (एमडिजिपी) आठौैं तहमा १ जना र मेडिकल अधिकृत आठौं तहका लागि २ चिकित्सक माग गरेको छ।
सूचना प्रकाशित भएको १५ दिन भित्र इच्छुक चिकित्सकहरुलाई दरखास्तका लागि आह्वान गरेको छ।
केन्द्रले दरखास्त र शैक्षिक योग्यताको लगायत अन्य जानकारीका लागि केन्द्रको सूचना पाटी वा www.hotc.org.np हेर्न समेत अनुरोध गरेको छ।