काठमाडौं- सरकारले दक्षिण कोरिया जाने नेपालीलाई कोरोना विरुद्धको खोप लगाउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै वैदेशिक रोजगारी वा अन्य कामकाे सिलसिलामा दक्षिण कोरिया जाने नेपालीलाई कोरोना लगाउने जनाएको छ।
मन्त्रालयले नेपाल प्रहरी अस्पताल र सैनिक अस्पताल छाउनीमा जोन्सन एन्ड जोन्सन खोप लगाउने व्यवस्था गरिएको जनाएको छ।