काठमाडौं - सरकारले तत्कालका लागि क्यूआर कोड सहितको खोप प्रमाणपत्र दिन स्थगित गरेको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना जारी गर्दै कीर्तिपुरमा आवेदन बुझाएका व्यक्तिहरुको क्यूआर कोड सहितको प्रमाणपत्र जारी नभएसम्म थप आवेदन फारम लिने कार्य स्थगित भएको जनाएको छ।
मन्त्रालयले vaccine.mohp.gob.np/public-request from मा गई फारम भर्न सकिने जनाएको छ। अनलाइन फारम भरेका व्यक्तिहरुले आफ्नो प्रमाणपत्र तयार भयो कि भएन भनेर थाहा पाउन vaccine.mohp.gob.np/search मा गई हेर्न सकिने सकिने र प्रमाणपत्र तयार भएपछि यहि लिंकबाट प्राप्त गर्न सकिने जनाएको छ।