ा
काठमाडौँ- लोक सेवा आयोगले स्वास्थ्य सेवा तर्फको डेन्टिस्ट्री ८औं तहको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ। डन्टल सर्जन पदका लागि आयोगले गत माघमा लिएको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
रिक्त रहेको डेन्टल सर्जन पदका लागि गरिएको विज्ञापनमा मधेसी तर्फ एक जनाको माग भएको थियो। जसमा ४७ जनाले आवेदन दिएका थिए। ती मध्ये तीन जना अन्तर्वार्ताका लागि छनोट भएको आयोगले जनाएको छ।
आयोगले उत्तिर्ण भएका उम्मेदवारको भदौ २१ गते अन्तर्वार्ता लिने जनाएको छ।