काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधारभूत अस्पताल निर्माणको लागि आवश्यक जग्गाको सुनिश्चिता र डिपिआर तयार गरी यशाशिघ्र मन्त्रालयमा पठाउन भन्दै ६५४ स्थानीय तहलाई पत्राचार गरेको छ।
मन्त्रालयको आज बसेको सचिवस्तरीय बैठकले जग्गाको सुनिश्चिता र डिपिआर तयार गरी पेस गरिएका स्थानीय तहलाई मात्र बजेटको व्यवस्था गरिने निणर्य गरेको छ।
सरकारले सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने नीति अनुसार आर्थिक वर्ष २०७७/७८मा ३९६ वटाको निर्माण प्रक्रिया थाल्ने निणर्य गरेको थियो। तर, हालसम्म सबै स्थानीय तहबाट जग्गाको उपलब्धता, डिपिआर तर तथा टेन्डर सम्झौता भइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आर्थिक वर्ष २०७८/८९ मा बाँकि २५९ वटा स्थानीय तहहरुमा आधारभूत अस्पताल निर्माण कार्यको लागि जग्गा र डिपिआर तयार गरी पेस गर्न मन्त्रालयले यस अघि नै पत्राचार गरिसकेको छ।