काठमाडौं- बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा १६ जना स्टाफ नर्ससहित ६३ जनाका लागि स्थायी कर्मचारीका आवेदन माग गरिएको छ।
अस्पतालले सूचना जारी गर्दै आजदेखि २१ दिन भित्र योग्यता पुगेका इच्छुक व्यक्तिलाई दरखास्त दिन आह्वान गरेको छ।
अस्पतालले नवौं तहका रजिष्ट्रार पदमा मेडिकल अंकोलोजी (पेडियाट्रिक मेडिसिन), प्याथोलोजि, सर्जिकल अंकोलोजि(इनटी/हेड एन्ड नेक सर्जरी), न्यूक्लियर मेडिसिन, रेडियो डाग्नोसिसि एन्ड इर्मजिङ्ग, मेडिकल अंकोलोजी(हेमाटोलोजी), सर्जिकल अंकोलोजी(प्लाष्टिक एन्ड रिकन्ट्रक्टिभ सर्जरी) का लागि कर्मचारी माग गरेको छ।
त्यसैगरी, आठौं तहका लागि वरिष्ट सिस्टर, सातौँ तहका लागि मेडिकल फिजिजिसिष्ट, लेखा अधिकृत, टेक्नोलोजिष्ट, पब्लिक हेल्थ अधिकृत, टेक्निसियन, फार्मेसी सहायक, स्टाफ नर्स, प्रशासन सहायक र जुनियर असिष्टेन्टका गरी ६३ जना कर्मचारीका लागि स्थायी सेवामा कर्मचारी माग गरेको छ।
आवेदन दिनका रजिष्ट्रार, नबौं तहका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस वा सो सरह उपाधि हासिल गरी सम्बन्धित विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ।
वरिष्ठ सिस्टर आठौंका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक उपाधि हासिल र उपसमुहको सम्बन्धित विषयमा चार वर्षको अनुभव भएको हुनुपर्ने छ।
मेडिकल फिजिसिष्ट सातौं तहका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट मेडिकल फिजिक्स विषयमा स्नातकोत्तर उपाधि प्राप्त वा मान्यता प्राप्त शिक्षण संस्थाबाट फिजिक्स विषयमा स्नातकोत्तर उपाधि प्राप्त गरेको र मेडिकल फिजिक्स विषयमा दुई वर्षको डिप्लो उपाधि प्राप्त वा सम्बन्धित विषय क्षेत्र (मेडिकल फिजिक्स) मा कम्तिमा ६ महिनाको तालिम प्राप्त भएको हुनुपर्नेछ।
टेक्नोलोजिष्ट सातौँ तहका लागि आवेदन दिने व्यक्तिले मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक उपाधि हासिल गरेको हुनुपर्नेछ।
पब्लिक हेल्थ अधिकृत सातौं तहका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट पब्लिक हेल्थ विषयमा स्नातक र लेखा अधिकृत सातौं तहका लागि सम्बन्धित विषयमा स्नातह उर्तीण गरेको हुनुपर्ने छ।