काठमाडौं– नेपालले मेडिकल ल्याबको क्षेत्रमा अन्तराष्ट्रिय स्तरको एमआरए मान्यता प्राप्त गरेको छ ।
एमआरए मान्यता प्राप्त भएसँगै नेपालका प्रयोगशालामा गरिएका परीक्षणले पनि अब अन्तराष्ट्रिय मान्यता पाउने ल्याबको गुणस्तरका क्षेत्रमा लामो समदेखि सक्रिय रहँदै आएका अभियान्ता तथा सम्यक डाइग्नोष्टिकका अध्यक्ष डाक्टर केयुर गौतमले बताए।
स्वास्थ्यखबरको कार्यक्रम स्वास्थ्य संवादमा कुराकानी गर्दै डाक्टर गौतमले नेपालले एमआरए मान्यता प्राप्त गर्नु नेपाल सरकार, नेपाली चिकित्सक र बिरामीहरुका लागि फाइदाजनक रहेको समेत बताए।
एमआरए मान्यता पाउनु भनेको कस्तो हो? नेपालले एमआरए मान्यता प्राप्त देशको सूचीमा कसरी पर्यो? राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले मेडिकल ल्याबलाई दिने मान्यता र यो एमआरए मान्यताबीच के फरक छ? लगायतका विषयमा डा गौतमसँग कुराकानी गरेका छौं ।
प्रस्तुत छ डा गौतमसँग गरिएको भिडियो संवादको सम्पादित अंशः