काठमाडौं– चिकित्सा शिक्षा आयोगले स्पेसियालिटी तथा सबस्पेसियालिटी तहका शैक्षिक कार्यक्रमहरुको पाठ्यक्रम बनाउन विज्ञहरुलाई विज्ञ सूची दर्ताका लागि आह्वान गरेको छ।
आयोगले नेशनल बोर्ड मेडिकल स्पेसियालिटिज अन्तर्गत सञ्चालन हुने स्पेसियालिटी तथा सबस्पेसियालिटी तहका शैक्षिक कार्यक्रमहरुको पाठ्यक्रम बनाउने उद्देश्यले विज्ञहरुलाई विज्ञ सूचीमा दर्ता हुनका लागि आह्वान गरेको हो।
विज्ञहरुले सो सूचिमा दर्ता हुन आगामी फागुन २१ गतेभित्र आफ्नो योग्यता खुल्ने कागजात सहित इमेल मार्फत निवेदन पेश गर्न आग्रह गरेको छ।