काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा शिक्षा स्नातकोत्तर तहको सरकारी कोटा तर्फको म्याचिङमा परेका विद्यार्थीलाई छात्रवृत्ति मनोनयनका लागि आवेदन पेस गर्न आव्हान गरेको छ।
मन्त्रालयले शुक्रबार एक सूचना प्रकाशित गर्दै तीनदिन भित्र छात्रवृत्ति मनोनयनको लागि आवदेन दिन आव्हान गरेको हो।
मन्त्रालयले चिकित्सा शिक्षा स्नातकोत्तर तह अध्ययनका लागि प्रवेश परीक्षामा सफल भएका नेपाल स्वास्थ्य सेवा ऐन,२०५३ र नेपाल स्वस्थ्य सेवा नियमावली, २०५५ को प्रावधान अनुसार मनोनयन तथा अध्ययन बिदाको लागि योग्यता पुगेकाहरुलाई आवदेन दिन आव्हान गरेको छ। त्यसका लागि सरकारी कोटाका चिकित्सकहरुले सचिवलाई सम्बोधन गरी मनोनयन गरी पाउँ भन्ने विषयको निवेदन दिनुपर्ने जनाइएको छ।
मन्त्रालयलले मनोनयन दिन सुरुको नियुक्ति पत्रको प्रतिलिपि, अद्यावधिक पिआईएस विवरण, पूर्व स्वीकृति पत्र, सेवा अवधि र दुर्गम क्षेत्र सेवा खुलेको हाल कार्यरत कार्यालयबाट प्रमाणित पत्र र चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा उत्तिर्ण गरी म्याचिङमा आफ्नो नाम नम्बर खुलेको नजिता पेस गर्न भनेको छ।