काठमाडौं- नेपाल नर्सिङ काउन्सिलले नर्स र मिडवाइफको २६औं नाम दर्ता प्रमाण पत्र (लाइसेन्स) परीक्षा आगामी चैत ७ गते गर्ने भएको छ।
काउन्सिलले आज सूचना प्रकाशित गर्दै परीक्षामा सहभागी हुने परीक्षार्थीले आगामी माघ २१ देखि फागुन २० गतेसम्म अनलाइन फारम भर्न सक्ने जनाएको छ ।
काउन्सिलले फागुन २१ देखि २७ फागुनसम्म दोब्बर दस्तुर तिरेर फारम भर्न सकिने समेत सूचनामा उल्लेख गरेकाे छ ।
लाइसेन्स परीक्षा पीसीएल नर्सिङ, बीएस्सी नर्सिङ तथा मिडवाइफको लाइसेन्समा सहभागी हुनका लागि व्याचलर अफ मिडवाइफ उत्तीर्ण गरेकाहरुले फारम भर्न सक्ने काउन्सिलले जनाएको छ।