काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटल नयाँदिल्लीमा हुने ‘फेलोसिप ट्रेनिङ इन बोनम्यारो ट्रान्सप्लान्ट सेलुलर थेरेपी’ एक वर्षे कार्यक्रमका लागि आवेदन माग गरेको छ।
स्वास्थ्य मन्त्रलायले सूचना जारी गर्दै स्वास्थ्य सेवाको स्थायी दरबन्दीमा कार्यरत बालरोग विशेषज्ञहरुलाई (३ दिन भित्र) माघ १५ देखि १७ गतेसम्म निवेदन दिन सूचित गरेको छ।
उक्त फेलोसिप तालिम लिन चाहने बालरोग विशेषज्ञले पीडियाट्रिक हेमाटोलोजि अंकोलोजि तालिम लिएको हुनुपर्ने मन्त्रालयको जारी सूचनामा उल्लेख छ।
निवेदन दिएका मध्येबाट मन्त्रालयले एक जना विशेषज्ञलाई उक्त फेलोसिप तालिमका लागि छनौट गर्नेछ।