काठमाडौं- जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रले विभिन्न २५ पदका लागि करारमा कर्मचारी माग गरेको छ।
केन्द्रले श्वास प्रश्वास विशेषज्ञ ११ औँ तहका लागि एक जना, ९ औं तहका लागि फिजिसियन २ जना, नौँ तहमानै गाइनोलोजिष्ट, रेडियोलोजिष्ट, जनरल सर्जन, एनेस्थेसियोलोजिष्ट, पेडियाट्रिसियन एक/एक जना, आठौँ तहका लागि मेडिकल अधिकृत एक जना, नर्सिङ अधिकृत १ जना, स्टार्फ नर्स ८ जनालगायत गरी विभिन्न २५ पदमा ७० जना कर्मचारी माग गरेको छ।
केन्द्रले आज सूचना प्रकाशित गर्दै २०७८ असार मसान्तसम्मका लागि कर्मचारी माग गरेको हो।