काठमाडौं- राष्ट्रिय चिकित्सा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको अध्यापन गर्ने शिक्षण संस्थाको सिट निर्धारण र प्रत्यायन सम्बन्धि कार्यका लागि अनलाइन स्वायूल्यांक फारम भर्ने म्याद माघ ५ गनेसम्मका लागि थप गरेको छ।
आयोगले यसअघि पुस २६ गते सम्मका लागि मात्र स्वमूल्यांक फारम भर्ने म्याद तोकेको थियो।
बुधबार सूचना जारी गर्दै आयोगले केही शिक्षण संस्थाहरुले फारम भर्नुपर्ने जानकारी नभएको, फारम गर्न कठिनाई भएको, विवरण्ण सम्पादन गर्नुपर्ने कारण सहित म्याद थप गर्न लिखित निवेदन दिएको भन्दै माघ ५ गतेसम्मलाई म्याद थप गरेको जनाएको छ।
मापदण्ड तथा प्रत्यायन निर्देशनालयको पुस २९ गते बसेको बैठकले माघ १ गते बिहान १० बजेदेखि माघ ५ गते साँझ ५ बजेसम्मलाई म्याद थप गर्ने निर्णय गरेको आयोगका उपसचिव सीताराम कोइरालाले जानकारी दिए।