चिसो मौसममा दमका बिरामीमा समस्या बढ्ने गरेको पाइएको छ। चिसो हावा शरीरमा सञ्चार हुँदा स्वाशप्रश्वास नलीमा अवरोध गर्ने भएकाले दमका बिरामीमा जोखिम बढी हुने चिकित्सकीय अध्ययनले देखाएको छ। चिसोमा नेपालका अस्पतालमा छाती रोगका बिरामी बढी हुने गरेका छन्। भाइरल इन्फेक्सनका कारण चिसोयाममा छातीमा संक्रमण भएर दमका बिरामी बढी हुने गरेको अस्पतालहरूको भनाइ छ।
पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशका सबै मुख्य सहर र तराई क्षेत्रमा वायु प्रदूषणको मात्रा बढेकाले सचेत रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि हावामा प्रदूषणको मात्रा बढेको भन्दै भरसक मर्निङ वाकमा नजान आग्रह गरेको छ। मन्त्रालयले विशेषगरी दमलगायतका दीर्घरोगी र वृद्धवृद्धाहरूलाई बिहानबेलुकाको समयमा घरबाहिर ननिस्कन जोड दिएको हो।
दम रोगको मुख्य कारण धुम्रपान मानिएपनि वायु प्रदूषण चुरोटभन्दा बढी कारक हुने वीर अस्पतालका छाती रोग विशेषज्ञ डा अशेष ढुंगानाको भनाइ छ। जाडोयाममा वायु प्रदूषण बढ्ने भएकाले दम रोगीमा समस्या बढ्न नदिने उपाय, दम रोगका कारक तत्त्व, नेपालमा दम रोगको अवस्था, दमरोगीको उपचार प्रणाली र यसबाट बच्न अपनाउनुपर्ने जीवनशैलीबारे डा अशेष ढुंगानासँग स्वास्थ्यखबरकी रिता लम्सालले गरेको कुराकानीको सम्पादित भिडियो अंश प्रस्तुत छ:-