काठमाडौं– नेपालमा अहिले जाडो मौसम छ। जाडो मौसममा बालबालिकामा चिसोका कारण रुघाखोकी, झाडापखाला, निमोनिया लगायतका स्वास्थ्य समस्या देखिन्छ। चिसो लाग्दा स्वास्थ्यमा ध्यान नदिएमा बालबालिहरुका गम्भीर बिरामी पर्न सक्छन्। त्यसैले चिसो मौसममा बालबालिकाको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन्।
चिसो मौसममा बालबालिकामा कस्ताकस्ता स्वास्थ्य समस्या देखिन सक्छन्? बालबालिकालाई चिसोबाट बचाउन के गर्नुपर्छ र चिसो लागिहाले कस्ता सावधानी अपनाउन सकिन्छ? लगायतका विषयमा कार्यक्रम स्वास्थ्य संवादमा कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डाक्टर रामहरि चापागाईँसँग कुराकानी गरेका छौं। प्रस्तुत छ डा चापागाईंसँग रिता लम्सालले गरेको कुराकानीको सम्पादित अंशः