काठमाडौं– संयुक्त अधिराज्य (युके) मा फैलिन थालेको नयाँ रुपको कोरोना भाइरस नेपालमा प्रवेश गर्न नदिन सरकारले उच्च सतर्कता अपनाएको जनाएको छ ।
स्वास्थ्यखबरको कार्यक्रम स्वास्थ्य संवादमा कुराकानी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले युकेमा नयाँ रुपको भाइरस देखिएपछि त्यसको प्रतिकार्यका लागि नेपालले पनि उच्च सतर्कता अपनाएको बताए
युकेबाट नेपाल प्रवेश गरेकाहरुमाथि निगरानी गरी १० दिन अनिवार्य रुपमा क्वारेन्टिनमा बस्न आग्रह गरीएको डा अधिकारीले बताए।
उनले पुस १ गते यता नेपाल आएका २७७ जनाको पिसिआर परीक्षण गरी पोजेटिभ आएकाहरुको जीन सिक्वेन्सिङ गर्ने तयारी भइसकेको बताए । उनले युकेबाट आएका केही व्यक्तिहरुमा संक्रमण देखिएको पनि जानकारी दिएका छन् ।
युकेबाट नेपाल आएका व्यक्तिहरुमा देखिएको कोरोना भाइरस संक्रमण नयाँ रुपको हो वा होइन? सरकारले नयाँ रुपको कोरोना संक्रमण रोकथामका लागि केकस्तो तयारी गरेको छ ? युकेबाट आएकाहरुको निगरानी र परीक्षण कसरी भइरहेको छ? स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा अधिकारीसँग रिता लम्सालले गरेको भिडियो संवाद :