काठमाडौं - गत जेठ २ गते नेपालमा कोरोना संक्रमितको पहिलो मृत्यु भएको थियो। त्यसयता यो चार महिनाको अवधिमा २७१ जना संक्रमितको मृत्यु भइसकेको छ।
यो मृत्यु संख्या स्वास्थ्य मन्त्रालयले दिएको भदौ १९ गते दिउँसो ४ बजे सम्मको हो।
हालसम्म ७७ मध्ये ४६ जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपालमा कोरोना संक्रमण देखिएको ८ महिनाको अवधिमा ४४ हजार २ सय ३६ जना व्यक्तिहरुमा संक्रमण पुष्टि भएको छ। जसमध्ये २५ हजार ५ सय ६१ जना संक्रमित निको भइसकेका छन्। १८ हजार ४ सय ४ सक्रिय संक्रमित छन्।
संक्रमणदर बढेसँगै गम्भीर लक्षण भएका संक्रमित पनि बढेका छन्। जसले मृत्युदर पनि बढाएको स्वास्थ्य मन्त्रालयको भनाई छ।
देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।
स्वास्थ्य मन्त्रालयले दिएको १९ गते सम्मको तथ्यांक अनुसार देशभर १ सय ७७ जना कोरोना संक्रमितको विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ।
जसअनुसार २६ जना भेन्टिलेटरमा र १५१ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।
सबैभन्दा बढी बागमती प्रदेशमा ९० जना आइसियु र १९ जना भेन्टिलेटरमा रहेका छन्। त्यस्तै प्रदेश १ मा ५ जना आइसियु र ३ जना भेन्टिलेटरमा रहेका छन्।
प्रदेश २ मा २८, प्रदेश ५ मा २० आइसियु र ४ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ५ र कर्णाली प्रदेशमा ३ जना संक्रमितको आइसियुमा उपचार भइरहेको छ।
प्रदेशगत रुपमा कोरोना संक्रमितको मृत्यु अवस्था हेर्दा प्रदेश १ मा हालसम्म २८ संक्रमितको मृत्यु भएको छ। प्रदेशका १४ जिल्लामध्ये ४ जिल्लामा २८ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
जसमध्ये मोरङमा १८, झापामा ३, सुनसरीमा ६ र उदयपुरमा १ जना संक्रमितको मृत्यु भएको छ। प्रदेश १ मा हालसम्म ३ हजार ८ सय ८३ जना संक्रमित भएका छन् भने २ हजार १ जना निको भइसकेका छन्। हाल १ हजार ८ सय ५४ जना संक्रिय संक्रमित छन्।
प्रदेश २ कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित छ। प्रदेश २ का सबै ८ जिल्ला कोरोना संक्रमणबाट प्रभवित छन् भने सबै जिल्लामा संक्रमितको मृत्यु भएको छ। सबैभन्दा बढी संक्रमित ९९ जनाको मृत्यु यो प्रदेशमा भएको छ।
जसमध्ये धनुषामा १४, पर्सामा ३८, बारामा १४, महोत्तरीमा १०, रौतहटमा ६, सप्तरीमा ७, सर्लाहीमा ४ र सिरहामा ६ जना संक्रमितले ज्यान गुमाएका छन्।
प्रदेश २ मा हालसम्म ११ हजार ९ सय ६५ जना व्यक्तिमा संक्रमण देखिएको छ भने ७ हजार ३ सय ५७ जना निको भइसकेका छन्। हाल ४ हजार ५ सय ९ जना सक्रिय संक्रमित छन्।
बागमती प्रदेशका १३ मध्ये १० जिल्लामा ७४ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो पटकको तथ्यांक हेर्दा संक्रमण बागमती प्रदेशमा बढी देखिन्छ। भने मृत्युदर पनि यो प्रदेशमा बढिरहेको देखिन्छ।
बगमती प्रदेशमा हालसम्म १० हजार ३१ जनालाई संक्रमण देखिएको छ। जसमध्ये २ हजार ६७ जना निको भएका छन्। बागमती प्रदेशमा हाल ७ हजार ८ सय ९० जना संक्रिय संक्रमित छन्।
काठमाडौंमा २९, काभे्रपलाञ्चोकमा २, चिवनमा १२, दोलखामा २, धादिङमा २, भक्तपुरमा १०, मकवानपुरमा ५,रसुवामा १, ललितपुरमा ७ र सिन्धुपाल्चोकमा ४ जना संक्रमितको मृत्यु भएको छ।
त्यसैगरी गण्डकी प्रदेशमा हालसम्म देखिएका २ हजार ५ सय ५६ संक्रमितमध्ये १६ जना संक्रमितको मृत्यु भएको छ। १ हजार ७ सय १७ जना निको भएका छन्। गण्डकी प्रदेशमा हाल ८ सय २३ सक्रिय संक्रमित छन्।
प्रदेशका ६ जिल्लामा संक्रमितको मृत्यु भएको छ। कास्कीका ६, गोरखाका ३, तनहुँका ३, माग्दी र बाग्लुङका १÷१ जना र स्याङजाका २ जना संक्रमितको मृत्यु भएको छ।
प्रदेश ५मा हालसम्म ३९ जना संक्रमितको मृत्यु भएको छ। त्यहाँ ६ हजार ९ सय ९० जना व्यक्तिलाई संक्रमण देखिएको छ। हालसम्म ५ हजार २ सय ७६ जना निको भएका छन्। १ हजार ६ सय ७५ जना संक्रय संक्रमित छन्। प्रदेश ५मा १२ मध्ये ११ जिल्लामा संक्रमितको मृत्यु भएको छ।
अर्घाखाँचीका १, कविलवस्तुका ५, गुल्मीका ३, दाङका १, नवलपरासीका ३, पाल्पाका ३, प्युठानका २, बर्दियाका १, बाँकेका ६ र रुपन्देहीका १४ जना संक्रमितको मृत्यु भएको छ।
कर्णाली प्रदेशको अवस्था हेर्दा सबैभन्दा कम संक्रमितले ज्यान गुमाएका छन्। त्यहाँ ५ जना संक्रमितको मृत्यु भएको छ। १० जिल्ला रहेको कर्णाली प्रदेशका ३ जिल्लामा संक्रमितको मृत्यु भएको छ। हालसम्म २ हजार ६ सय ४२ जनालाई संक्रमण देखिएको छ। २ हनार १ सय ३४ जना निको भइसकेका छन्। हालसम्म ५०० सय सक्रिय संक्रमिण रहेका छन्।
कर्णाली प्रदेशका डोल्पामा १, सुर्खेतमा ३ र दैलेखमा १ संक्रमितको मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म ६ हजार १ सय ६९ जनालाई संक्रमण देखिएको छ। जसमध्ये ५ हजार ६ जना निको भइसकेका छन्। त्यसैगरी १ हजार १ सय ५३ जना सक्रिय संक्रमित छन्।
सुदूरपश्चिम प्रदेशका ९ जिल्लामध्ये ४ जिल्लामा संक्रमितको मृत्यु भएको छ। अछाममा २, कैलालीका ६, बझाङ र बाजुराका १÷१ जना संक्रमितको मत्यृ भएको छ।