काठमाडौं– राष्ट्रिय चिकित्सा शिक्षा आयोगले शैक्षिक वर्ष २०७६/७७ को स्नातकोत्तर कार्यक्रमका लागि सरकारी र निजी मेडिकल कलेजलाई एक हजार ५६० सिट छुट्याएको छ।
आयोगले सरकारीतर्फका १४ वटा मेडिकल कलेजका लागि ६८४ र निजीतर्फका २२ वटा मेडिकल कलेजका लागि ८७६ सिट छुट्याएको छ।
राष्ट्रिय चिकित्सा शिक्षा आयोगले दिएको जानकारी अनुसार एमडी/एमएसका लागि सरकारीमा ४२२, निजीलाई ६२७ गरी एक हजार ४९, एमडिएसका लागि सरकारीलाई २७ र निजीलाई ४५ गरी ७२ सिट छुट्याइएको छ।
त्यसैगरी, नर्सिङतर्फ सरकारीमा १०१ र निजीमा ७६ गरी १७७, पब्लिक हेल्थका लागि सरकारीमा ८७ र निजीमा ९१ गरी १७८ र अन्यमा सरकारीलाई ४७ र निजीलाई ३७ गरी ८४ सिट छुट्याइएको आयोगले जनाएको छ।
स्नातकोत्तरमा विभिन्न कार्यक्रमका लागि त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) ले एमडी/एमएसका लागि ११८ र नर्सिङका लागि ३३ गरी १५१ सिट पाएको छ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले एमडी/एमएसमा १३५, नर्सिङमा १६ र एमपिएचमा १५ गरी १६६ सिट पाएको छ।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स)ले एमडी/एमएसमा १२७, नर्सिङमा १२ गरी १३७, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमडी/एमएसमा ४९, नर्सिङमा २७ र एमपिएचमा १२ गरी ८८, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमडी/एमएसमा २६, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमडी/एमएसका लागि ५ सिट पाएका छन्।
त्यसैगरी, त्रिवि जनस्वास्थ्य विभागले एमपिएचका लागि २०, एमएचपिईका लागि ५ र एमपिएचएनका लागि ५ गरी ३०, त्रिवि आयुर्वेद विभागले आयुर्वेदका लागि २, पोखरा नर्सिङ क्याम्पसले नर्सिङका लागि १५, स्कुल अफ हेल्थ साइन्स अलाइड साइन्स, कास्कीले ५४ र पूर्वाञ्चल विश्वविद्यालयले २० गरी ६९४ सिट प्राप्त गरेका छन्।
त्यसैगरी, निजीतर्फका मणिपाल मेडिकल कलेजले एमडी/एमएसमा ३३, कलेज अफ मेडिकल साइन्सेज भरतपुरले एमडी/एमएसमा ४८, काठमाडौं मेडिकल कलेजले एमडी/एमएसमा ७१ र नर्सिङमा ८ गरी ७९, नेपाल मेडिकल कलेजले एमडी/एमएसमा ५५ र नर्सिङमा २ गरी ५७, नेपालगञ्ज मेडिकल कलेजले एमडी/एमएसमा २४, नोबेल मेडिकल कलेजले एमडी/एमएस ५९, कान्तिपुर डेन्टल कलेजले एमडिएसका १०, लुम्बिनी मेडिकल कलेजले एमडी/एमएसमा ३३, काठमाडौं विश्वविद्यालय, स्कुल अफ मेडिकल साइन्सले एमडी/एमएसमा ४६, नर्सिङमा १२ र एमपिएचमा १० गरी ६८ सिट प्राप्त गरेका छन्।
त्यस्तै, युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजले एमडी/एमएसमा ४१, नर्सिङमा १८ र एमपिएचमा १० गरी ६९, पिपुल्स डेन्टल कलेजले एमडिएसका लागि १६, नेसनल कलेजले एमडी/एमएसमा ४६, नर्सिङमा ८ र एमपिएचमा १० गरी ६४, जानकी मेडिकल कलेजले एमडी/एमएसका लागि ४, किस्ट मेडिकल कलेजले एमडी/एमएसका ३५ र एमपिएचका लागि ६ गरी ४२, चितवन मेडिकल कलेजले एमडी/एमएसका लागि ५१, नर्सिङमा १८ र एमपिएचका लागि २० गरी ८९ सिट प्राप्त गरेका छन्।
यस्तै, गण्डकी मेडिकल कलेजले एमडी/एमएसका लागि ३३ र एमपिएचका लागि ५ गरी ३८, नेप्लिज आर्मी इन्स्टिच्यूट अफ हेल्थ साइन्सले एमडी/एमएसमा ५२, नर्सिङमा १० एमपिएचमा १० गरी ७२, मनमोहन मेडिकल कलेजले एमपिएचका लागि १५ र एमएससी क्लिनिकल बायोक्यामेस्ट्रीका लागि २ गरी १७, सेन्ट्रल इन्स्टिच्युट अफ साइन्स एन्ड टेक्नोलोजी काठमाडौंले मास्टर अफ फर्मास्युटिकल्सका लागि १२, नोबेल कलेजले मास्टर अफ पब्लिक हेल्थ (हेल्थ सर्भिस म्यानेजमेन्ट) १३ र मास्टर अफ पब्लिक हेल्थ (हेल्थ प्रमोसनल एन्ड एजुकेसन) का लागि १२ गरी २५, हिमालय आई इन्स्टिच्युट पोखराले ६, तिलगंगा आई इन्स्टिच्युट काठमाडौंले ७ सिट प्राप्त गरेका छन्।