काठमाडौं- देशभर आइतबार ३८० जनामा कोरोना संक्रमित पुष्टि भएको छ। ७० जिल्लामा सक्रिय कोरोना संक्रमित देखिएका छन् भने ७ जिल्लामा नयाँ संक्रमित भेटिएका छैनन्। हालसम्म ७५ संक्रमितको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल संक्रमितको संख्या २२ हजार ९ सय २२ पुगेको छ भने १६ हजार ३ सय ५३ संक्रमित निको भएका छन्। आइतबार ४० संक्रमित कोरोना संक्रमणमुक्त भएका थिए।
प्रदेशगत रुपमा ७७ जिल्लाका कति कुल संक्रमित, सक्रिय संक्रमित, कति डिस्चार्ज?
प्रदेश १ः यो प्रदेशमा साउन २५ गते ४ बजेसम्म १ हजार ४ सय ६३ जना व्यक्तिलाई कोरोना संक्रमण देखिएको छ। तीमध्ये ५११ संक्रमितको उपचार भइरहेको छ भने ९४७ जना संक्रमित निको भइसकेका छन्। प्रदेश नम्बर १ मा ५ जना संक्रमितको मृत्यु भएको छ। मोरङ जिल्लामा मात्र ५ जना संक्रमितको मृत्यु भएको हो।
प्रदेश २ः यो प्रदेश सबैभन्दा धेरै कोरोना प्रभावित क्षेत्र हो। जहाँ ३४ संक्रमितको मृत्यु भइसकेको छ।
प्रदेश २ का ८ जिल्लामा हालसम्म ६ हजार ४४१ संक्रमित देखिएका छन् ३ हजार ७५ संक्रमितको उपचार भइरहेको छ। इो प्रदेशमा ३ हजार ३३४ संक्रमित निको भइसकेका छन्।
बागमती प्रदेशः बागमती प्रदेशमा हालसम्म १ हजार ७४६ संक्रमित पृष्टि भएका छन्। जसमध्ये ११ जनाको मृत्यु भएको छ भने १ हजार १३२ संक्रमितको उपचार भइरहेको छ। ६०३ जना व्यक्ति संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
जिल्लागत रुपमा राजधानी काठमाडौं सबैभन्दा बढी प्रभावित छ। लकडाउन अन्त्य भएपछि काठमाडौं उपत्यकामा संक्रमितको संख्या ह्वात्तै बढेको छ।
गण्डकी प्रदेशः यो प्रदेशमा हालसम्म १ हजार ६९२ संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ भने २३७ संक्रमितको उपचार भइरहेको छ। गण्डकी प्रदेशमा १ हजार ४४९ संक्रमित संक्रमणमुक्त भइसकेका छन्।
प्रदेश ५ः यो प्रदेशको अवस्था हेर्दा हालसम्म ४ हजार ६३५ संक्रमित देखिएका छन्। १० जनाको मृत्यु भएको छ भने ४४६ संक्रमित उपचारत छन्। ४ हजार १७९ संक्रमित निको भइसकेका छन्।
कर्णाली प्रदेशः कर्णाली प्रदेशमा १६९ संक्रिमतको उपचार भइरहेको छ भने १ हजार ८९० निको भइसकेको छन्। हालसम्म २ हजार ६३ संक्रमितमध्ये ४ जानको मृत्यु भएको छ।
सुदूरपश्चिम प्रदेशः यो प्रदेशमा हालसम्म ४ हजार ९३२ व्यक्तिलाई कोरोना संक्रमण भएको छ। जसमध्ये ३ हजार ९५१ संक्रमित निको भएका छन् भने ९७४ संक्रमितको उपचार भइरहेको छ। सुदूरपश्चिम प्रदेशमा ७ संक्रमितको मृत्यु भएको छ।