काठमाडौंको भद्रबासमा जन्मिएकी डा अनामिका भण्डारीले एसएलसीसम्मको पढाइ भद्रवासकै आदर्श सेकेन्डरी स्कुलबाट पूरा गरेकी हुन्। प्लस टुको पढाइ गौशालाको क्लासिक कलेज इन्टनेसनलबाट पूरा गरेकी अनामिकाले बिडिएसको अध्ययन भने कलेज अफ मेडिकल साइन्सेस भरतपुरबाट पूरा गरिन्। पढाइमा अब्बल अनामिकाले छात्रवृत्तिमा बिडिएस अध्ययन गरेकी हुन्। विद्यालय तहमा उनी सँधै टपर विद्यार्थी थिइन्। हाल उनी सिन्धुली अस्पतालमा कार्यरत छिन्। नृत्यमा रुचि राख्ने उनलाई नयाँ ठाउँ घुम्न र पुस्तक पढ्न मन पर्छ। अनामिकाले कस्मेटिक डेन्टिस्ट्रीमा एमडी गर्ने लक्ष्य लिएकी छिन्।



