सप्तरीकी २७ वर्षीया डा नेहा झा र २५ वर्षीया डा श्रेया झा दिदीबहिनीको सर्जन बन्ने लक्ष्य छ। श्रेयाले काठमाडौंको द इम्पेरियल एकेडेमीबाट एसएलसी पूरा गरेकी हुन् भने नेहाले ग्यालेक्सी पब्लिक स्कुलबाट।
सानैदेखि सँगै घुम्ने, सँगै पढ्ने, उमेर पनि उस्तै र एकदमै मिल्ने हुनाले सबैले उनीहरुलाई ट्विन्स भनेर बोलाउने गर्थे। सानैदेखि यी दिदीबहिनी पढाइमा समेत अब्बल छन् । नेही एमडी गर्न जर्मनीमा आवेदन दिँदैछिन्।
श्रेया भने काभ्रेको खोपासी प्राथमिक स्वास्थ्य केन्द्रमा १ वर्षदेखि कार्यरत छिन्। दुवैले महाराजगञ्ज चिकित्सा क्याम्पसबाट एमबिबिस पूरा गरेका हुन्।



