ललितपुरमा जन्मिएकी दर्शना श्रेष्ठलाई स्कुल पढ्दादेखि नै डाक्टर बन्ने रहर थियो। हजुरबुवा बिरामी भइराख्दा घरैमै मेडिकल पढेको मान्छे हुनुपर्छ भन्ने सोचले उनलाई डाक्टर पढ्न प्रेरित गरेको थियो।
युनाइटेड एकेडेमीबाट प्लस टु गरेपछि नोबेल मेडिकल कलेजबाट एमबिबिएस उत्र्तीण गरेकी दर्शना उनको परिवारको पहिलो डाक्टर हुन्।
उनलाई मेडिसिन अथवा डर्माटोलोजीमा पिजी गर्ने इच्छा छ। घुम्न, संगीत सुन्न र सामाजिक कार्यमा सहभागी हुने उनका थप रुचीका विषय हुन्।




