न्युरोसर्जन डा प्रसन्ना कार्की बोहोरा ७ महिनादेखि मेडिसिटी अस्पतालमा कार्यरत छिन्। सेन्ट मेरिज हाइस्कुलबाट एसएलसी उत्तीर्ण गरेकी प्रसन्नाले नेपाल मेडिकल कलेज जोरपाटीबाट एमबिबिएस गरिन्। उनले जापानबाट न्युरो सर्जरीमा एमडी– पिएचडी गरेकी छिन्।
जापानबाट फर्केपछि उनले अन्नपूर्ण न्युरो अस्पताल र नेपाल मेडिकल कलेजमा काम गरिसकेकी छिन्। भविष्यमा नेपालमा नयाँ न्युरो सर्जिकल टेक्नोलोजी भित्र्याउने इच्छा रहेको बताउने प्रसन्ना नयाँ–नयाँ किसिमका सर्जरीमा रुचि रहेको बताउँछिन्। छारे रोगको सर्जरी गर्ने इच्छा छ, प्रसन्नालाई। नेपालमा ५ जना मात्र महिला न्युरोसर्जन रहेको र त्यसमा आफू पनि पर्ने उनले बताइन्।




तस्बिर : शिवलाल श्रेष्ठ
तस्बिर स्टुडियो, बागबजार