डा गरिमा श्रेष्ठ मनमोहन कार्डियोथोरासिक, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा कार्यरत छिन्। माउन्ट ग्लोरी स्कुलबाट माध्यमिक शिक्षा हासिल गरेकी उनले गोल्डेनगेट कलेजबाट प्लस टु गरेकी हुन्। मणिपाल मेडिकल कलेज पोखराबाट एमबिबिएस गरेकी गरिमाको सर्जरीमा विशेषज्ञता हासिल गर्ने लक्ष्य छ।
चिकित्सासँगै उनको रुचि ग्ल्यामर क्षेत्रमा पनि छ। केही फिल्ममा बाल कलाकारका रुपमा अभिनय गरेकी उनले सौन्दर्य प्रतियोगिताहरुमा समेत सहभागिता जनाएकी छिन्। यसैगरी केही समयअघि मात्रै उनले म्युजिक भिडियोमा पनि अभिनय गरेकी थिइन्। पछिल्लो समयमा भने ग्रामीण क्षेत्रका महिलाका लागि उपयोगी पुनः प्रयोग गर्न मिल्ने प्याड बनाएर वितरण गर्ने र बनाउन सिकाउने अभियानमा छिन् गरिमा।




तस्बिर : शिवलाल श्रेष्ठ/ तस्बिर स्टुडियो