बसुन्धरा, काठमाडौं निवासी २२ वर्षीया आज्ञा रेग्मी कान्तिपुर डेन्टल कलेजमा बिडिएस चौथो वर्षमा अध्ययनरत छिन्। उनले ललितपुर, हात्तिवनस्थित लिटिल एन्जल्स् स्कुलबाट एसएलसी गरेकी हुन्। सानैदेखि जेहेन्दार विद्यार्थी आज्ञाले २ देखि कक्षा ७ सम्मको अध्ययन भने भैरहवामा गरेकी थिइन्। घुम्न, गीत सुन्न, नृत्य गर्न तथा साथीहरूसँग फिल्म हेर्न मनपराउने आज्ञाको कविता लेखनमा पनि रुची छ।




