काठमाडौंको पेप्सीकोला स्थायी घर भएकी सोनिका शाह हाल नेपालगन्ज मेडिकल कलेजमा कार्यरत छिन् । सानैदेखि पढाइमा अब्बल सोनिकाको सपना थियो, डाक्टर बन्ने । लिटल एन्जल्सबाट प्लस टु गरेकी उनले नेपालगन्ज मेडिकल कलेजबाटै एमबिबिएस सकेर आफ्नो सपना साकार पारिन् । उनलाई एनेस्थेसियामा विशेषज्ञता हासिल गर्न मन छ । आफ्नो पेसागत व्यस्तताबाट फुर्सद हुँदा उनी साथीहरूसँग घुम्न जान मन पराउँछिन् ।
तस्बिर : शिवलाल श्रेष्ठ
तस्बिर स्टुडियो, बागबजार


