कुसुम पौडेल काठमाडौं विश्वविद्यालयको स्कुल अफ मेडिकल साइन्सेसमा एमबिबिएस अन्तिम वर्षमा अध्ययनरत छिन्। काठमाडौं बसुन्धरा निवासी पौडेललाई अभिभावकले बाल्यकालमा बिरामी पर्दा त्रिवि शिक्षण अस्पतालमा उपचारका लागि लैजाने गर्थे।
अस्पतालमा डाक्टरहरुले गरेको व्यवहार र सबैले डाक्टरलाई गरेको सम्मान देखेपछि उनले पनि डाक्टर बन्ने लक्ष्य लिएकी हुन्। पढाइमा सँधै अगाडि रहेकी पौडेलले एमबिबिएसपछि आँखा रोगका विषयमा थप अध्ययन गर्ने योजना बनाएकी छिन्।



तस्बिर :शिवलाल श्रेष्ठ
तस्बिर स्टुडियो, बागबजार