डा आस्था दवाडीले भर्खरै एमबिबिएस सकेर इन्टर्नसिप गरिरहेकी छन्। उनले बंगलादेशको जैनुल हक सिक्दर वुमेन्स मेडिकल कलेजबाट एमबिबिएस गरेकी हुन्। ब्राइट फ्युचर सेकेन्डरी स्कुल नैकापबाट एसएलसी उत्तीर्ण गरेकी आस्थाले युनाइटेड एकेडेमीबाट उच्च माध्यमिक तहको शिक्षा लिएकी हुन्।
पढाइ बाहेकको समयमा उनलाई लेख्न र पेन्टिङ गर्न मनपर्छ । लेखनमा पनि कविता लेखनमा विशेष रुची राख्छिन्। चिकित्सा क्षेत्रप्रतिको सानैदेखि आकर्षण भएकाले डाक्टर पढेको उनी बताउँछिन् । विशेषज्ञता भने शल्यक्रिया वा नाक, कान र घाँटीमा गर्ने उनको चाहना छ ।




तस्बिर : शिवलाल श्रेष्ठ, तस्बिर स्टुडियो, बागबजार