बृहस्पति विद्या सदन काठमाडौंबाट एसएलसी पास गरेकी डा सुप्रिया सापकोटाले नेसनल क्याम्पस काठमाडौंबाट प्लस टु पूरा गरेकी हुन् । किष्ट मेडिकल कलेजबाट एमबिबिएस गरेकी उनी पछिल्लो समय विभिन्न अनुसन्धानमा व्यस्त छिन् । अध्ययन र खोजमा रुची राख्ने उनका तीन वटा अनुसन्धानमूलक लेख विभिन्न जर्नलमा प्रकाशन भइसकेका छन्।
हजुरबुबा कृष्णहरि सापकोटाको सेवामुखी भावनाले उनलाई डाक्टर बन्न प्रेरणा दिएको हो । हजुरबुबाले गुल्मीको वामी टक्सारमा कृष्णहरि आँखा उपचार केन्द्र खोलेको देखेर उनले पनि स्वास्थ्य क्षेत्रमै काम गर्ने अठोटसहित चिकित्सा पढेकी हुन् । नयाँ उपचार सेवा र प्रविधिमा विशेष रुची राख्ने सुप्रियाले स्नायु शास्त्रमा विशेषज्ञता हासिल गर्ने योजना बनाएकी छिन् ।
तस्बिर : शिवलाल श्रेष्ठ (तस्बिर स्टुडियो, बागबजार)
.jpg)
.jpg)
.jpg)