ढाका युनिर्भसिटीबाट एमबिबिएस गरेकी डा अनिता रौनियारको स्थायी घर वीरगञ्ज हो। अहिले उनी भक्तपुरस्थि नेपाल–कोरिया मैत्री अस्पतालमा कार्यरत छिन्। वीरगञ्जको व्यावसायिक घरानामा जन्मिएकी डा अनिताको गाइनोमा विशेषज्ञता हासिल गर्ने योजना छ। नेपालमा रहेका गाइनोका डाक्टरहरुभन्दा अलग पहिचान स्थापित गर्ने उनको सपना छ।
काठमाडौंको ग्यालेक्सी पब्लिक स्कुलबाट एसएलसी उत्तीर्ण गरेकी अनिताको सानैदेखि डाक्टर बन्ने चाहना थियो। उनले ह्वाइटहाउस कलेजबाट आइएस्सी उत्तीर्ण गरेकी हुन्। आर्थिक रुपमा पारिवारिक पृष्ठभूमि मजबुत भएकाले उनको त्यो चाहना पूरा गर्न कुनै कठिनाइ भएन।
सामाजिक कार्यमा रुचि राख्ने डा अनितालाई नाच्न र वादविवाद गर्न मन पर्छ। कलेजका विभिन्न वक्तृत्वकलामा भाग लिएको बताउने उनी ब्यान्डिमिन्टन र टेबुल टेनिस खेल्न रुचाउँछिन्।
.jpg)
.jpg)
.jpg)
.jpg)
यो पनि :