काठमाडौं– सरकारले चीनले अनुदान दिन लागेको ५० थान इलेक्ट्रिक भेइकल स्वीकार गर्ने निर्णय गरेको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले मित्र राष्ट्र चीनले एम्बलेन्स प्रयोजनका लागि दिन लागेको ५० थान इलेक्ट्रिक भेइकल स्वीकार गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्ले कान्ति बाल अस्प्ताल भवन पुनर्निर्माण कार्यलाई विशेष परियोजनाको रुपमा कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ। त्यसका लागि शहरी विकास मन्त्रालय मार्फत खरिद प्रक्रिया अगाडी बढाउन पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।
मन्त्रिपरिषद्बाट सोमबार भएको निर्णय बुधबार सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकको पदमा डा रघुराज काफ्लेलाई नियुक्त गरिएको पनि जानकारी दिए।