बुटवल- लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयको निमित्त निर्देशकमा वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले जिम्मेवारी पाएका छन्।
निर्देशनालयका निर्देशक डा विनोद गिरीले अनिवार्य अवकाशपछि रिक्त रहेको स्थानमा चौधरीलाई निमित्तको जिम्मेवारी दिइएको हो।
चौधरी निर्देशनालयमा नै कार्यरत दशौं तहका कर्मचारी हुन्। २०५१ सालबाट स्वास्थ्य सेवामा प्रवेश गरेका चौधरीले धेरै जिल्लाहरुमा सेवा दिइसकेका छन्।
उनले स्वास्थ्य आपूर्ति केन्द्र लुम्बिनी प्रदेश र जनस्वास्थ्य प्रयोगशालाको निमित्त निर्देशकको रूपमा समेत जिम्मेवारी सम्हालिसकेका छन्।