काठमाडौं - चितवनस्थित भरतपुर अस्पतालमा बिरामीले आफुले चाहेको चिकित्सकसँग उपचार गराउन पाउने भएका छन्।
बिरामीको सुविधाका लागि आफुले चाहेको चिकित्सकसँग उपचार गराउन पाउने व्यवस्था गरिएको अस्पतालले जनाएको छ। यसका लागि बिरामीले स्वास्थ्य परीक्षण गराउन अग्रिम बुकिङ गर्न सक्छन्।
अग्रिम बुकिङ गराउनका लागि ९८५५०१९१६० नम्बरमा एसएमएस वा व्हाट्सएस गरी नामथर, ठेगाना, उमेर लेखेर म्यासेज गर्न सकिने अस्पतालले जनाएको छ। बिरामीले उक्त म्यासेज गरेपछि दिन र समय तय भएपछि जानकारी गराइने अस्पतालले निकालेको सूचनामा उल्लेख छ।
यो कदमले रेफरल प्रणाली स्थापित गर्न र गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्ने अस्पतालको अपेक्षा छ। भरतपुर अस्पतालका करिब १७० विशेषज्ञहरुको नाम अस्पतालको वेबसाइटमा उल्लेख गरिएका छन्।