काठमाडौं- विश्व क्यान्सर दिवसको डा मदन पिया र डा प्रकाश सायमी सम्मानित भएका छन्। होटेल एलो प्यागोडामा आयोजित एक कार्यक्रममा क्यान्सर सर्भाइभर सोसाइटीले डा पिया र डा सायमीलाई सम्मान गरेको हो।
नेपालको क्यान्सर उपचारको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै दुवैजनालाई सम्मानित गरिएको संस्थाका सल्लाहकार डा अरुण शाहीले बताए।
डा पिया क्यान्सर रोग विशेषज्ञ हुन् भने डा सायमी थोरासिक सर्जन हुन्।