काठमाडौं- चितवनस्थित भरतपुर अस्पतालले माघ १७ गते परेको सार्वजनिक बिदाको दिन दिउँसो १ बजेसम्म सेवा दिने निर्णय गरेको छ।
माघ १७ परेको सोनम ल्होसारको दिन ओपिडी÷ओटी सेवा आधा दिनसम्म खुल्ला गर्ने निर्णय गरेको हो।
उक्त दिन टिकट बिहान ११ बजेसम्म खुल्ने र दिउँसो १ बजेसम्म सेवा लिन सकिने अस्पतालले एक सूचना जारी गर्दै जानकारी दिएको छ। माघ १६ गते शहिद दिवसका दिनमा भने सेवा बन्द रहने सूचनामा उल्लेख छ।