विश्व स्वास्थ्य संगठन अनुसार, बालबालिका विभिन्न गतिमा विकास गर्दै जान्छन्, तर पूर्णकालिक (समय पुगेर जन्मिएका) पुरुष शिशु जन्मिदाको औसत जन्म वजन ३.३ किलोग्राम र महिला शिशुको ३.२ किलोग्राम हुन्छ । विकास चार्टहरूले शिशुको औसत वजनको मार्गदर्शन दिन सक्छ।
पहिले, यो ध्यान दिनु महत्त्वपूर्ण छ कि औसत वजन भनेको सामान्य वजन होइन। ठ्याक्कै वयस्कहरूको जस्तै, शिशुहरू विभिन्न आकार र प्रकारमा हुन्छन्।
यदि शिशुको वजन न्यूनतम प्रतिशतमा छ भने, यसले शिशुको विकास वा शारीरिक विकाससँग समस्या छ नै भनेर जनाउँदैन। यसलाई ध्यानमा राख्दै, वजन चार्टको प्रयोगले एक व्यक्तिलाई सामान्य रूपमा शिशुको विकास ट्र्याक गर्न मद्दत पुर्याउँछ।
३७ देखि ४० हप्ता जन्मेका शिशुको औसत वजन ५ पाउन्ड ८ औंस देखि ८ पाउन्ड १३ औंसको बीचमा हुन्छ। यसलाई २.५ देखि ४ किलोग्रामको बराबरीमा लिइन्छ।
प्रसवको समयमा, विशेषज्ञहरूले ५ पाउन्ड ८ औंस भन्दा कम, वा २.५ किलोग्राम भन्दा कमलाई न्युन जन्म वजनका रुपमा लिन्छन्।
के-के कुरा सामान्य हुन्?
शिशुहरूले प्रायः आफ्नो जीवनको पहिलो ६ महिनामा सबैभन्दा छिटो वजन बढाउँछन्।
शिशुले जन्मको पहिलो हप्तामा लगभग १० प्रतिशत वजन गुमाउनु सामान्य हो। यो घट्ने प्रक्रिया प्रायः फ्लुड लसका कारणले हुन्छ र सामान्य रूपमा चिन्ता गर्नु आवश्यक छैन। अधिकांश शिशुको यो वजन १ हप्ता भित्र फिर्ता हुन्छ।
सामान्यतया, स्तनपान गरिएका शिशुहरूको वजन पहिलो वर्षमा फार्मुला खुवाइएका शिशुहरूभन्दा ढिलो बढ्छ।
यद्यपि विभिन्न शिशु अनुसार यसमा भिन्नता आउन सक्छ, तर सामान्यता शिशुहरूको ४ महिनामा आफ्नो जन्म वजन दोब्बर हुन्छ र प्रायः आफ्नो पहिलो जन्मदिनमा जन्म वजन तीन गुणाले बढ्दछ।
यद्यपि, वृद्धि ढाँचाले कुनै स्पष्ट तालिका पालना गर्दैन। कसैका शिशुहरूको वजन स्थिर रूपमा बढ्छ र केही महिना समान प्रतिशतमा रहन्छ भने कसैको शिशुको वजन छिट्टै बढ्दछ र वृद्धिको सङ्केत दिन्छ, जुन कुनै पनि समयमा हुन सक्छ। यसले बच्चालाई नयाँ वजन प्रतिशतमा सार्न सक्छ।
के १० पाउन्डको शिशु ठूलो हो?
विश्व स्वास्थ्य संगठनका अनुसार, पूर्णकालिक पुरुष शिशुको औसत जन्म वजन ७ पाउन्ड ६ औंस र पूर्णकालिक महिला शिशुको ७ पाउन्ड २ औंस हुन्छ।
त्यसकारण, १० पाउन्डको शिशु औसत वजनभन्दा ठूलो हो।
शिशुले कहिले आफ्नो जन्म वजन दोब्बर गर्नु पदर्छ?
सामान्यतया, शिशुले आफ्नो जन्मको प्रारम्भिक वजन ६ महिनामा दोब्बर गर्दछन्। उनीहरूले प्रायः १२ महिनामा जन्म वजनको तीन गुणा तौल गर्छन्।
शिशुको वजनलाई के कुराले प्रभावित गर्छ?
लिंग
पुरुष नवजात शिशुहरू महिला नवजात शिशुहरू भन्दा ठूलो हुन्छन् र सामान्यतया पुरुष नवजात शिशुहरूको वजन चाँडो बढ्छ।
पोषण
तौल बढ्ने र बृद्धि दर पनि बच्चाले आमाको दुध वा फर्मुला खान्छ भन्नेमा भर पर्छ।
स्तनपान गरिएका शिशुहरू, फार्मुला खुवाइएका शिशुहरू भन्दा ढिलो बढ्छन्।
तर, वृद्धि सामान्यतया स्तनपान र फर्मुलामा आधारित पोषण खुवाइएका शिशुहरूको समान हुन्छ।
शिशुले अन्य खाना खान शुरू गरेपछि पनि वजनमा उतार-चढाव आउन सक्छ।
चिकित्सकीय अवस्थाहरू
स्वास्थ्यका समस्याहरूले शिशुहरुको वजन बढ्न ढिलो गराउन सक्छ। उदाहरणका लागि, जन्मजात मुटु असामान्यताहरू भएका शिशुहरूको, स्वास्थ्य समस्याहरू नभएका शिशुहरूभन्दा ढिलो वजन बढ्न सक्छ।
पोषण अवशोषण वा पाचनमा असर पुर्याउने स्वास्थ्य समस्याहरू जस्तै सेलियाक रोगले पनि वजन बढ्न ढिलो बनाउन सक्छ।
अल्पकालिक
समय नपुगेर जन्मिएका शिशुहरू आफ्नो पहिलो वर्षमा समय पुगेर जन्मिएका शिशुहरूभन्दा चाँडो बढ्न सक्छन्।
तर, धेरै अल्पकालिक शिशुहरूले चाँडो वजन बढाए तापनि लगभग पहिलो जन्मदिनमा पूर्णकालिक शिशुहरुसँगै 'समान' हुन्छन्।
-विभिन्न अध्ययन र लेखहरुको सहयोगमा