यतिबेला जाडोको समय छ। जाडोको समयमा श्वासप्रश्वास तथा फोक्सोसँग सम्बन्धित समस्याहरुले बढी सताउने गर्छ भन्ने गरिन्छ। यस विषयमा स्वास्थ्यखबरकी रोमीका न्यौपानेले ओम अस्पतालमा कार्यरत पल्मोनोलोजिष्ट डा दिपा श्रेष्ठसँग कुराकानी गरेकी छिन्।
भिडियो कुराकानीमा डा श्रेष्ठसँग जाडो समयमा श्वासप्रश्वास समस्या किन बढ्ने गर्छ? बृद्धबृद्धा किन जाडो मौसममा श्वासप्रश्वासको समस्याबाट बढी पिडित हुन्छन्? बालबालिकामा निमोनियाको समस्या जाडोमा बढ्ने आमधारणा कति सत्य हो? लगायतका जिज्ञासाहरु राखिएको छ।
डा श्रेष्ठलाई सोधिएका केही जिज्ञासाहरु यस्ता छन्:
• जाडो मौसममा श्वासप्रश्वास समस्या किन बढ्ने गर्छ ?
• बृद्धबृद्धा किन जाडो मौसममा श्वासप्रश्वासको समस्याबाट बढी पिडित हुन्छन् ?
• बालबालिकामा निमोनियाको समस्या जाडोमा बढ्ने आमधारणा कति सत्य हो ?
• वातावरणीय तापक्रम र श्वासप्रश्वास प्रणालीबीचको सम्बन्ध कस्तो रहन्छ ?
• श्वासप्रश्वासका बिरामीले जाडोमा कस्ता खालका सावधानी अपनाउन जरुरी हुन्छ ?
• जाडोमा बिहानको हिँडाइ र अभ्यासलाई तपाईंहरुले के कारणले निरुत्साहित गर्नुहुन्छ ?
• जाडोमा प्रदूषणको असर अरुबेला भन्दा बढी हुन्छ वा उस्तै हो ?
• जाडोमा धेरै हीटर र गिजरको आदिको प्रयोग गर्ने गरिन्छ। यसले गर्दा स्वास्थ्यमा के-कस्ता जोखिम आउन सक्छन्? हीटर र गिजरको सुरक्षित प्रयोगका लागि के-कस्ता सावधानी अपनाउनुपर्छ?
• जाडोमा रोग प्रतिरोधात्मक क्षमता बढाउन कस्ता खाना र कस्तो जीवनशैली अपनाउनुपर्छ ?
• जाडोमा खोकी, एलर्जी जस्ता समस्या किन बढी देखिन्छन् ?
डा श्रेष्ठले दिएको जानकारी भिडियोमा हेरौं: