काठमाडौं- भक्तपुर अस्पतालकी निर्देशक डा सुमित्रा गौतम फेरि बागमती प्रदेश सरुवा भएकी छिन्। उनलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बागमती प्रदेशमा सरूवा गरिएको हो।
प्रसुति तथा स्त्रीरोग विशेषज्ञ डा गौतमलाई संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि २०८० माघ १५ मा मुख्यमन्त्री कार्यालय बागमती प्रदेशमा काजमा पठाएको थियो।
माघ १७ मा फेरि भक्तपुर अस्पताल नै फर्किएकी थिइन्। त्यसयता उक्त अस्पतालको निर्देशकको रुपमा कार्यरत रहेकी थिइन्।