जनकपुर- गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा कार्यरत एक कर्मचारी मृत फेला परेका छन्। सप्तरीको राजविराजस्थित जिल्ला खेलकुद विकास समिति परिसरको भवनको झ्यालमा बाँधिएको अवस्थामा उनको शव फेला परेको हो।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको टिकट काउन्टरमा कार्यरत अन्दाजी ४५ वर्षीय सुधीर कुमार झा रहेको बताएको छ।
सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार मृतक झाका दुवै खुट्टाले भुईं टेकेको भेटिएको थियो। उनको घाँटीको डोरी झ्यालको रडमा बाँधिएको पाइएको थियो।
स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीले अनुसन्धान थालेको जनाएको छ।