जेनेभा- विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले क्षयरोगका लागि नयाँ मलिक्युलर परीक्षणका एक्सपर्ट एमटीबी/आरआईएफ अल्ट्रालाई प्रिक्वालिफिकेशन प्रदान गरेको छ। यो परीक्षण टीबीको निदान र एन्टिबायोटिक प्रतिरोध परीक्षणको लागि डब्लुएचओको प्रिक्वालिफिकेशन मापदण्ड पूरा गर्ने पहिलो परीक्षण हो।
क्षयरोग विश्वको प्रमुख संक्रामक रोगको एक हो, जसले वार्षिक रूपमा १० लाख भन्दा बढी मृत्यु निम्त्याउँछ र विशेषगरी निम्न र मध्यम आय भएका देशहरूमा ठूलो आर्थिक र सामाजिक बोझका रुपमा यसलाई लिइएको छ। टीबी र टीबी प्रतिरोधी औषधिको सही र छिटो पहिचान गर्ने काम एक महत्वपूर्ण तर चुनौतीपूर्ण बनिरहेको छ।
डब्लुएचओका सहायक निर्देशक डा युकीको नाकातानीले भने, 'यो पहिलो टीबी निदान परीक्षणको प्रिक्वालिफिकेशन डब्कालुएचओका लागि महत्वपूर्ण माइलस्टोन हो, जसले उच्च गुणस्तरको टीबी परीक्षणहरूको पहुँच विस्तार गर्न र ती परीक्षणहरूको राम्रो गुणस्तर, सुरक्षा र कार्यक्षमता मापदण्डहरू पूरा गर्न मद्दत पुर्याउँछ।'
उनले यो परीक्षण विधि र उपकरणहरूले संसारका सबैभन्दा घातक संक्रामक रोगहरूसँग जुध्नका लागि महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
डब्लुएचओका अनुसार, यस परीक्षणको प्रिक्वालिफिकेशनले टीबी निदान र उपचारमा सुधार ल्याउनुका साथै उच्च गुणस्तरीय निदान परीक्षणहरूको पहुँच सुनिश्चित गर्नेछ।
यो परीक्षण जिनएक्सपर्ट इन्स्ट्रुमेन्ट प्रणालीमा योग गर्नका लागि डिजाइन गरिएको एक न्यूक्लिक एसिड एम्प्लिफिकेशन परीक्षण हो, जसले माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिसको आनुवंशिक तत्वलाई थुकका नमूनाबाट पहिचान गर्छ र केही घण्टाभित्र सही परिणाम दिन्छ। यो परीक्षणले रिफाम्पिसिन प्रतिरोधसँग सम्बन्धित उत्परिवर्तनहरू पनि पहिचान गर्छ, जुन बहु-औषधि प्रतिरोधी (एमडीआर) टीबी को एक प्रमुख संकेत हो।
सन् २०२३ मा विश्वव्यापी रूपमा ८२ लाख नयाँ क्षयरोगका केस पत्ता लगाइएको डब्लुएचओले अक्टोबरमा बताएको थियो । यो सन् १९९५ मा विश्वव्यापी क्षयरोग अनुगमन सुरु भएदेखि सबैभन्दा बढी हो ।
साथै डब्लुएचओका अनुसार १२ लाख ५० हजार सम्बन्धित मृत्युसँगै क्षयरोग सम्भवतः एकल सङ्क्रामक कारकबाट अग्रणी मृत्युको कारण बन्यो । यसलाई तीन वर्षपछि कोभिड–१९ ले प्रतिस्थापन गरेको थियो ।
डब्लुएचओका अनुसार क्षयरोग विशेष गरी औषधि प्रतिरोधी उपभेदको सही र प्रारम्भिक पहिचान विश्वव्यापी स्वास्थ्यको महत्त्वपूर्ण प्राथमिकता हो ।
“उच्च गुणस्तरको निदान परीक्षणहरू प्रभावकारी क्षयरोग हेरचाह र रोकथामका आधारशिला हुन्”, डब्लुएचओको नियमन निर्देशक रोजेरियो ग्यास्परले भने।
यो रोगले ३० उच्च-जोखिम भएका मुलुकहरूलाई असमान रूपमा प्रभावित गर्छ । भारत, इन्डोनेसिया, चीन, फिलिपिन्स र पाकिस्तान सहितका पाँच मुलुकले विश्वव्यापी क्षयरोग जोखिमको आधाभन्दा बढी हिस्सा ओगट्छन् । यसमध्ये एक चौथाइभन्दा बढी केस भारतमा मात्रै पाइन्छन्।