काठमाडौं- अफिगानस्थानमा तालिवान सरकारले महिलालाई मेडिकल शिक्षामा प्रतिबन्ध लगाएको छ। केही दिनअघि यतो निर्णय लिएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।
त्यहाँ नर्सिङ अध्ययन गरिरहेका विद्यार्थी आफ्नो कक्षा रोकिएको बताएका छन्। २२ वर्षीया एक नर्सिङकी विद्यार्थीले आफ्नो कक्षा एक्कासी बन्द भएकोमा दुखी भएको बताइन्। उनले भनिन्, 'कलेज आइपुग्दा सरकारले महिलालाई मेडिकल शिक्षा निषेध गरेको थाहा पाएँ। सरहरुले महिलालाई कक्षामा राख्न नसक्ने बताएपछि म बेस्सरी रोएँ। मैले अध्ययन गर्ने एउटा यही बाटो थियो। त्यो पनि बन्द भयो।'
सरकारको यो निर्णयप्रति क्रिकेट खेलाडीहरुले असहमति प्रकट गरेका छन्। चर्चित क्रिकेटर राशिद खान र मोहम्मद नबीले सामाजिक सञ्जामार्फत् दु:ख व्यक्त गरेका हुन्। 'इस्लामी तालिममा शिक्षाले केन्द्रीय स्थान राख्छ। जो पुरुष र महिला दुवैको लागि ज्ञानको खोजमा जोड दिन्छ। हालै अफगानस्थानका दिदिबहिनी र आमाहरुलाई मेडिकल शिक्षा बन्द गर्ने निर्णय भएको सुनेर निकै निराश छु। यो निर्णयले महिलाका लागि मात्रै होइन, हाम्रो समाजलाई समेत निकै प्रभावित गरेको छ।'
यसैगरी नबीले अन्यायपूर्ण निर्णय भनेका छन्। 'इतिहास यस्ती प्रेरणादायक मुस्लिम महिलाले भरिएको छ, जसले ज्ञानका माध्यमबाट निकै ठूलो योगदान दिएका छन्।'